My Blog List
About Me
Saturday, 24 December 2011
Wednesday, 30 November 2011
हाईकुहरु
१
छिमेकी मित्र
पिलाउँदैछ् दुध
बिष मिश्रित
२
लाल क्षितिज
अन्धकार ब्याप्त भो
सता लोलुप
३
सेतो परेवा
नेपाली आकाशमा
बिलिन कतै
छिमेकी मित्र
पिलाउँदैछ् दुध
बिष मिश्रित
२
लाल क्षितिज
अन्धकार ब्याप्त भो
सता लोलुप
३
सेतो परेवा
नेपाली आकाशमा
बिलिन कतै
तीन मुक्तक
असिमित आकाश जस्तै सीमाहिन छ् मन,
दु:ख र सुखको समिश्रण क्षण्भङुर् यो तन,
तर खै कहाँ छ् मानवता यो स्वार्थी संसारमा
मान्छेको प्यारो आजकल भएकोछ पातकी धन् !!
अनवरत उकाली ओराली बढीरहन्छ जीवनको बाटो,
मृत्यु पर्यन्त जसलाई नि मिल्छ एक मुठी माटो,
बाँचुन्जेल स्वार्थको जन्जालमा पाउँदारको जोड र घटाऊ
छोडेर जाने संसारीक मोह के को फाईदा ? के को घाटो ?
सुर्य एक,चन्द्र एक, ताराहरु किन गन्नु ?
कुरा मिठो बुझ्नेलाई ईशाराले केही भन्नु
नजानेकालाई पो बुझाउनु सजिलो छ् हजुर
जानी जानी बुझ पचाउनेलाई त खै के भन्नु !!

कोमल मनको
मुकेश राई
कोमल मनको खुशीहरु, आज सबै बिलायो !
बेदनाले दुख्ने मुटु, अनायसै आज रसायो !
झर्नदिन्न आँशु तिम्रो, तिमी दिलको रानी भन्थ्यौ
पाथीभरा साक्षी राखी, मेरै सिउँदो भर्छु भन्थ्यौ !
घात् गर्यो निष्ठुरीले, कोमल मन्को बाँध फुट्यो,
अर्कै संसार रोज्यौ तिम्ले, पिरतीको नाता टुट्यो !
मनको खाली तलाऊमा, तिम्रै माया भरेको थेँ
दिलको चोखो मन्दिरमा, तिम्लाई राखी पुजेको थेँ !
मन मन्दिर शून्य भयो, आज तिम्रो साथ बिना
सगैँ जिउने वाचा बाँधी, हात मेरो छोड्यौ किन !

सम्झनाले पर्देशी मन
मुकेश राई
सम्झनाले पर्देशी मन, हरेक पल दुख्छ आमा,
आसैआसमा खुशीहरु, खहरे झैं सुख्छ आमा !
दुई पाटो संसारको, तिमी पारी म वारी,
तस्विर तिम्रो लुकाएर, परेली यो झुक्छ आमा !
चाँडबाँडमा झर्छ आशुँ, तर बाहिर हाँसिदिन्छु,
हजार दु:ख यसरी नै, छाती भित्र लुक्छ आमा !
गाउँघर सम्झिएर, माया गरी राख्छु दिलमा,
कहिले कहीँ पर्देशीलाई, सम्झिदिए पुग्छ आमा !
विलिन हुन्न परदेशैमा, फर्की आउँला जरुर घर,
मिलन एकदिन हुन्छ हाम्रो, मौका कहाँ चुक्छ आमा
०१ मार्च २०११

कस्तो छ परदेश ?
मुकेश राई
घर छोडी जाने दरसन्तानका
सम्झना संगालेर आमा सोच्दिहुन
कस्तो छ परदेश ?
असार पन्ध्र छ आमा परदेश
मंसिर कहिल्यै पाक्दैन,
सोध्छौ सधैं कस्तो छ दुरदेश ?
नियती न हो दु:ख कहिल्यै भाग्दैन !
हल बाँधेर आफ्नै मनको
हली भै जोतिनु छ्,
मनको खेतमा कहिले कहीँ
उत्साह र खुशीहरु फूल्छन
अनि केही बेर
जोश जाँगरको वसन्तहरु छाउँछन,
तर धेरै जसो उदास फूलहरु फूल्छन
जखमले घामको न्यानोमा पनि
अधुरो सपना च्यापेर परेली रसाउँछन
बिशेष दिनहरु सम्झेर दुख्ने मनहरुमा
सम्झनाको प्यास झनै बढछ,
त्यसैले आमा मरुभूमि जस्तै प्यासी छ परदेश !
पारिलो घाम हाँस्दा
अर्को तिर बर्षने झरी, बादल बिचको
उदास ईन्द्रेणी जस्तै
अपुरो ईच्छा र अधुरो रहर बोकेर
दोसाँधमा जीवन भोग्नु पर्ने
अनुभूतिका रंगहरुमा रंगिदै
बाँचिरहेछ दुरदेश !
यसैले असार पन्ध्र छ आमा परदेश
मंसिर कहिल्यै पाक्दैन,
सोध्छौ सधैं कस्तो छ दुरदेश ?
नियती न हो दु:ख कहिल्यै भाग्दैन !
७ मार्च २०११

किन चाहिन्छ सीमारेखा ?
मुकेश राई
घोर अन्धविश्वास बोक्नेहरु बिच
कुरिती, कुसंस्कारका जटिल
बन्धन तोडेर मुक्त हुन खोज्दै
कुरुप जंगली मानव बस्तीहरुमा
सघन, ऋंखलाबद्ध आमुल परिवर्तन
पहिल्याउने गोरेटो खनेर
अज्ञात माया भुजेल र रत्नकुमार वान्तवाहरु !
ब्रह्मपुत्र झैं लामो न लामो आशा
नाईल जस्तो उत्तर बग्नुको ईच्छा
सेती गहिरिनुको भावना लिएर पो झनै
जिन्दगी त सहारा मरुस्थल जस्तै
शुष्क र उजाड हुँदो रहेछ, छि:
बरु, यहाँ, त्यहाँ, जहाँसुकै काँडा माझै फूल्छ
अटल विश्वास पासँग ल्हामु बनेर,
अमावसमा पनि जाज्ज्वल्यमान ध्रुव झैं
चम्किन्छ आन सान सुकी अनि अनुराधा कोईराला !
पाईतालामा चरचर्ति फूटेको चिरा सेक्न
टेकेकी होईन ति बुढी आमैले सखारै तुषारो,
न बग्छ मध्यान्हमा धरधर्ति बग्ने पसिनासगँ सन्ताप,
सीमारेखा मिच्ने विरुद्ध लडने संकल्प गरेर
पठाएकी होइनन सन्तानहरु लाखा पाखा,
अडिग छिन ति आमै अब तुषारो विलिन हुनुपर्छ,
पसिनाले सिर्जिनु पर्छ धर्ती,
किन चाहिन्छ सीमारेखा ?
सीमाभन्जन हुनुपर्छ अब अलौकिक संसारमा
एक्यबद्ध भएर भूमण्डलीकरण भएर,
अविछिन्न आकाश झै
गोलाकार आश्रयभूमिमा हुनुपर्छ
२८ नोभेम्बर २०११

अब आश्रितहरुका मनहरु समानान्तर !
२८ नोभेम्बर २०११
Subscribe to:
Posts (Atom)