My Blog List

Wednesday, 30 November 2011

सम्झनाले पर्देशी मन

                                                     मुकेश राई
                                          
  

सम्झनाले पर्देशी मन, हरेक पल दुख्छ आमा,
आसैआसमा खुशीहरु, खहरे झैं सुख्छ आमा !

दुई पाटो संसारको, तिमी पारी म वारी,
तस्विर तिम्रो लुकाएर, परेली यो झुक्छ आमा !

चाँडबाँडमा झर्छ आशुँ, तर बाहिर हाँसिदिन्छु,
हजार दु:ख यसरी नै, छाती भित्र लुक्छ आमा !

गाउँघर सम्झिएर, माया गरी राख्छु दिलमा,
कहिले कहीँ पर्देशीलाई, सम्झिदिए पुग्छ आमा !

विलिन हुन्न परदेशैमा, फर्की आउँला जरुर घर,
मिलन एकदिन हुन्छ हाम्रो, मौका कहाँ चुक्छ आमा


०१ मार्च २०११

No comments:

Post a Comment