My Blog List

Wednesday, 30 November 2011

तीन मुक्तक

असिमित आकाश जस्तै सीमाहिन छ् मन,
दु:ख र सुखको समिश्रण क्षण्भङुर् यो तन,
तर खै कहाँ छ् मानवता यो स्वार्थी संसारमा
मान्छेको प्यारो आजकल भएकोछ पातकी धन् !!

अनवरत उकाली ओराली बढीरहन्छ जीवनको बाटो,
मृत्‍यु पर्यन्त जसलाई नि मिल्छ एक मुठी माटो,
बाँचुन्जेल स्वार्थको जन्जालमा पाउँदारको जोड र घटाऊ
छोडेर जाने संसारीक मोह के को फाईदा ? के को घाटो ?


सुर्य एक,चन्द्र एक, ताराहरु किन गन्नु ?
कुरा मिठो बुझ्नेलाई ईशाराले केही भन्नु
नजानेकालाई पो बुझाउनु सजिलो छ् हजुर
जानी जानी बुझ पचाउनेलाई त खै के भन्नु !!

No comments:

Post a Comment